२०८२ असार ९
बुटवल,२९फागुन ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको आरोप लगाउदै उनले एमालेको दबाबपछि स्थानीय निर्वाचनको मिति तय गरिएको बताए । एमाले प्रति जनता आर्कषण देखेर गठबन्धन दल हरुले एक्लै चुनाव लड्न नसक्ने स्थीतिमा पुगेको उनको भनाई छ ।
बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गर्दै उनले नेता कार्यकर्ताहरुलाई निर्धक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे । उनले एमालेको सरकारले गरेका काम जनता सम्ममात्रै पुराउदा एमाले बाहेका दललाई जनता संग भोट माग्न जाने हैसियत नहुने पनि उनको दावी छ । नेता ज्ञवालीलले अहिलेको सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको आरोप लगाए । उपमहासचिव ज्ञवालिले अहिलेको सरकारकै कारण मुलुकको आर्थिक अवस्था टाँट पल्टिने अवस्थामा गइरहेको भन्दै गठबन्धन सकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्न पुगेको बताए । एमसीसीको विषयमा जनतालाई भ्रमित गर्ने काम गरेको उनले बताए । शत्तारुढ दल भित्रै एमसीसी बारेको धारणा फरक र द्वय चरित्रको देखिएको भन्र्दै उनले त्यस विषयमा संसदमा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको उल्लेख गरे ।