२०८१ आश्विन ४

एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ३२, शुक्रबार ०९:३६ गते

  काठमाडौ,३२ साउन ।

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक २०८१ भदौ ९, १० र ११ गते बस्नेगरी बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेण्डा तय भएको महासचिव भुसालको भनाइ छ ।सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।