२०८१ आश्विन १

माओवादी बागमती प्रदेश पदाधिकारीको बैठक जारी
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ५, बुधबार ०९:४१ गते

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते बस्ने

बुटवल, ५ भदौ ।

नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारबाट सुरु भएको बागमतीको बैठक बिहीबार सम्म चल्ने छ । पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि बैठकको तयार स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउनमा बसेको स्थायी कमिटी बैठकले गरेको थियो ।

माओवादीका अनुसार प्रदेश परामर्श बैठकको तालिका निर्धारण गरिएको छ । जसमा बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते तथा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्नेछ । त्यसैगरी गण्डकीको भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशको भदौ १२ र १३ गते तथा कर्णालीको कर्णाली प्रदेशको भदौ १४ र १५ गते बस्नेछ ।

त्यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते बस्नेछ । त्यसैगरी केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते बस्नेछ भने मधेस प्रदेशका भदौ २२ र २३ गते बस्नेछ ।