२०८१ कार्तिक २५

मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १३, बिहीबार १६:५६ गते

काठमाडौ, १३ भदौ ।
नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेश डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ ।