२०८२ असार ९
बुटबल,२ चैत्र ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र केन्द्रीय समितिका बरिष्ठ सदस्य वर्षमान पुनले अब लुम्बिनी प्रदेश माओवादी केन्द्रको आधार इलाका भएको बताउदै आगामी निर्वाचनमा पनि माओवादी केन्द्रको आधार इलाका रुपमा विजय बनाउको लागि एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको प्रथम बैठकमा सहभागी पार्टी कार्यकतालाई सम्वोधन गर्दै कपिलबस्तुमा बताएका हुन । उनले जनयुद्धको आधार इलाका लुम्बिनी प्रदेशलाई जसरी भए पनि माओवादी केन्द्रको आधार इलाका परिणत बनाउनको लागि सबै कार्यकर्ताहरु मन, बचत र कर्मले लाग्नका लागि अनुरोध गरे । उनले भनेः–“यो माओवादी केन्द्रको आधार इलाका, जनयुद्धको उद्गम प्रदेश हो, यहाको विजयले माओवादीलाई विश्वममा चिनाउन सक्छौ यस कारण पनि प्रदेशलाई माओवादी केन्द्रको आधार प्रदेश बनाउनको लागि लाग्नुहोस् पार्टी केन्द्रले गर्ने सहयोग गर्नेछ ।”
वर्षमान पुनले नेपालमा कम्युनिष्टहरुको एकताको लागि जनताले जनमत प्रदान गरेपनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारी प्रवृत्तिबाट देश प्रतिगमनतिर गएको बताउदै त्यसका लागि माओवादी केन्द्रको कारणले मात्रै देशको संविधान, गणतन्त्र लगायतको रक्षा भएकोले अब फेरी पनि त्यसको रक्षा र कार्यन्वयनका लागि पनि माओवादी केन्द्रलाई विजय बनाउनु पर्ने कारणसहित जनतमा जानकालागि निर्देशन दिए । उनले भनेः–एमालेसगंको एकताले देशलाई थप समृद्ध तिर लग्ने भन्दा भन्दै एमालेका अध्यक्ष ओली प्रवृतिले देशलाई करिव दुर्घटनातिर लगेको बताउदै फेरी कम्युनिष्ट पार्टीहरुको केन्द्रीकरण गर्दै हालको गठबन्धलाई बलियो बनाएर समृद्धको लागि अगाडि बढाउनु पर्ने बताए ।
यसैगरी नेकपा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपानी खनाल बलदेवले लुम्बिनीमा पढाधिकारीमा सबै भूगोल, मनोविज्ञान लगायत सबैको सहमतिमा गर्नका लागि केही समय लागे पनि सहमति र सहकार्यताको तरिकाले आगामी दिनमा पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउन सकिने बताए । सबै वर्ग, क्षेत्र, समुदाय लिंगलाई समाहित गरेर निर्वाचनमा जानका लागि निर्देशन गरे । उनले सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आम जनतकाो बीचमा जनाका लागि निर्देशन गर्दै स्थानीयतहको निर्वाचनकामा लाग्न अनुरोध गरे । उनले परिणाम दिने गरी एकताबद्ध भएर लाग्नका लागि अनुरोध गरे ।
यसैगरी मुख्यमन्त्री एवं लुम्बिनि प्रदेश सहइन्चार्ज कुलप्रसाद केसीले लुम्बिनी माअोवादी केन्द्रको उर्वर र उद्गमभूमि भएकाले गर्दा त्यसलाई स्थानीयतहबाट परिणाम दिनका लागि लाग्न निर्देशन दिए। उनले सरकार र पार्टीको समन्वययमा अगाडि पार्टीका कामलाई अगाडि बढाउनको लागि सबैलाई निर्देशन गर्दै भनेः– माओवादीलाई जनताको पार्टी बनाउने तर्फ लाग्न निर्देशन गर्दछु । सरकारको तर्फबाट सके जति जनताको सेवा गरिरहेकोले त्यसको प्रचार प्रचार गरी अगाडि बढ्ने बढ्नु पर्ने बताए ।
लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा सुदर्शन वराल
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा सुदर्शन वराल, उपाधयक्ष दुर्गा चौधरी, लुमाकान्त न्यौपाने, विरबहादुर खत्री, सचिवमा कृष्ण अधिकारी, सह सचिव अकलबहादुर बम, पार्वति विक, काशीराम यादव र कोषा अध्यक्ष निर्देशन अली चयन भएका छन ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय समितिका सदस्यहरुको आथित्यता रहेको छ । सबै पार्टी कार्यकर्ताहरुले अब स्थानीयतहमा विजय बनाउने गरि लागेको बैठकमा नेकपा ९माओवादी केन्द्र० का लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताए ।