२०८१ आश्विन १

नवीन विद्यार्थी क्लबको पाँचौं पद स्थापना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २०, बिहीबार ०९:५४ गते

बुटवल ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय माताहतमा रहेको नवीन विद्यार्थी क्लबको पाँचौं पद स्थापना तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले नवीनले गरे के हुँदैन र भन्ने उदाहरण दिँदै एउटा सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा दिँदै आईएसए र प्रदेश नमुना हुँदै विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्न विद्यालयको प्रयास निरन्तर रहेको बताए । नेपालको परीक्षा प्रणालीमा धेरै त्रुटि भएकोमा त्यसलाई सुधार गर्दै जानुपर्ने र विद्यालयहरूले विद्यार्थीहरूलाई बिकाउ र टिकाउमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयले गरेका असल अभ्यासहरु, विद्यालयले प्राप्त गरेका उपलब्धिहरु, विद्यालयका समस्याहरू लगायत विद्यालयका समग्र अवस्था प्रस्तुत गरेका थिए ।
नवीन विद्यार्थी क्लवका अध्यक्ष अमिसन थापाको अध्यक्षतामा समीक्षा कुँवर र कामना लम्सालको सञ्चालनमा सम्पन्न पदस्थापना कार्यक्रममा स्वागत मन्तव्य रोशन परियारले गरेका थिए । उक्त अवसरमा नवीन विद्यार्थी क्लबका सल्लाहकार एवं नवीन नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, नवीन विद्यार्थी क्लबका संस्थापक अध्यक्ष मधुसुदन नेपाल, अध्यक्षमा नवनिर्वाचित सुवास पौडेल लगायतले धारणा राखेका थिए । उक्त पदस्थापना कार्यक्रममा उत्कृष्ट शिक्षक पुरस्कार विष्णु पन्थी, राजन अधिकारी, इन्जिनियर मनोज आचार्य, केशव भट्टराई, प्राचिनमान शाक्य, निरन्जना पौडेल, विक्रम रिजाल, तुलसीराम घिमिरे, गणेश पोखरेल, गीता पौडेल, टिकाराम ज्ञवाली, खेलकुद प्रशिक्षक नवराज खरेल, बालविकासका शिक्षक विष्णुमाया खत्री र सुरक्षा गार्ड होम बहादुर रनपाललाई सम्मान गरिएको थियो । क्लबको अध्यक्षमा सुवास पौडेल, उपाध्यक्षहरुमा रोशन परियार र तुलसा पौडेल, सचिव समीक्षा कुँवर, सहसचिव समीक्षा जि.सी., कोषाध्यक्ष विपुल कुँवर, प्रबन्ध निर्देशक सुमन पुरी, कार्यक्रम संयोजक वृन्दा विश्वकर्मा, सम्पादक अङ्कित खनाल, सदस्य संयोजक लक्ष्मी पाण्डे, कार्यसमिति सदस्यमा रिजन श्रेष्ठ, निर्माण पन्थी, आदित्य थारु, सुरक्षा अधिकारी र अनुष्का घर्ती रहेका छन् ।