२०८१ आश्विन १

नवीनमा तीज नृत्य प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २०, बिहीबार १०:२० गते

बुटवल २० भदौ ।
नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगरमा अध्ययनरत जुनियर, सिनियर र समूहगत तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयमा पहिलो चरणमा कक्षा ११ र १२ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहका विद्यार्थीहरू कक्षा १–४ र कक्षा ५–१२ का विद्यार्थीहरू बीच संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने र विद्यार्थीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।

तीन समूहमा सञ्चालन गरिएको तीज नृत्य प्रतियोगितामा कक्षा ११ र १२ बाट विद्या अधिकारीको समूह प्रथम, ममता घिमिरेको समूह द्वितीय, सपना सारुको समूह तृतीय र शिल्पा तरामु र दिपशिखा थापाको समूह सान्त्वना भएका थिए । कक्षा १–४ जुनियर समूहमा पुष्पा भण्डारीको समूह प्रथम, सदिक्षा के.सीको समूह द्वितीय र दिपिका मरासिनीको समूह तृतीय, कक्षा ५–१२ को सिनियरतर्फ समिक्षा कुँवरको समूह प्रथम, आकृति ढेंगा समूह द्वितीय र मन्नत वि.सी को समूह तृतीय भएका थिए ।
उक्त प्रतिस्पर्धाको निर्णायक मण्डलमा अर्जुन शाह, अधिवक्ता निशा खरेल, होमनाथ कडेल , गीता पौडेल, सम्झना कार्की, पूजा पाण्डे, हेमा पाण्डे, सुवदना कुँवर, युवराज पाण्डे र सीता बम्रेल रहेका थिए।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी र माया काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए।

उक्त अवसरमा सहायक प्रधानाध्यापक अर्जुन खनाल , होमनाथ कडेल, लक्ष्मण भुसालले धारणा राखेका थिए । कार्यक्रममा स.प्र. अ तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, तुलसीराम घिमिरे, केशव भण्डारी, सुरज पौडेल, इसिए इन्चार्ज नेत्र खरेल, जीवराज पन्त, बुद्धि न्यौपाने, अमर श्रेष्ठ, किशोर गौतमलगायतले सहजीकरण गरेका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले नगद पुरस्कार वितरण गरेका थिए।