२०८१ आश्विन १

टिकटकको प्रतिबन्ध हटाउन प्राधिकरणको निर्देशन
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २१, शुक्रबार १०:३५ गते

काठमाण्डौ २१ भदौ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको हो। शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
चिनियाँ कम्पनी बाइटडान्सअन्तर्गतको टिकटकका कारण सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले गत वर्ष कात्तिक २७ गते यसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
नेपाल सरकारले अघि सारेका सर्त पालना गर्न कम्पनी सहमत भएसँगै मन्त्रिपरिषद्को भदौ ६ गतेको निर्णयअनुसार प्राधिकरणले प्रतिबन्ध हटाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।