२०८१ आश्विन ३

उपसभामुख हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २५, मंगलवार १०:३० गते

काठमाडौ,२५ भदौ ।

नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए ।प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले उपसभामुख रानाको राजीनामा मागेका छन् ।

सत्तापक्ष सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको विषयमा माओवादी केन्द्रले खबरदारी गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रलाई कमजोर बनाउने काम भएको बताए ।

राजीनामा नदिए पद अनुकुलको आचरण नगरेको भनेर हटाउन बाध्य हुने एमाले सांसदहरूको चेतावनी छ ।एमालेका सांसदहरु सूर्य प्रसाद ढकाल, शोभा ज्ञवाली, सरस्वती र सुब्बाले पनि उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

सत्तारुढ दलले उपसभामुखको राजीनामा नै मागेपछि विपक्षी दलहरूले विरोध गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि विरोध गरेका छन् ।