२०८१ कार्तिक ६

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २७, बिहीबार ०८:४५ गते

गाजा । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।

गाजा युद्धको क्रममा नुसिरातको अल–जीवनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ ।  

पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ ।  

“ इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जननी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ । यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएको जाकाजाक नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेखेका छन । 

युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना छ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ । 

गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ भने विद्यमानता बारम्बारको युद्धले बिथोलिएका गा जाको जनसङ्ख्याको ठुलो हिस्साले आश्रय लिई रहेको छ ।  

इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ ।

इजरायली सेनाले विज्ञप्तिमार्फत अल–जीवनी क्षेत्र भित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । एजेन्सीको सहयोगमा