२०८१ आश्विन ३

लुम्बिनी प्रज्ञा–प्रतिष्ठान गठनको प्रक्रिया सुरुः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २९, शनिबार १२:२८ गते

बुटवल २९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको बताएका छन् ।
शनिबार बुटवलमा भएको प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ को उद्घाटन गर्दै उनले प्रदेश सरकारले प्रज्ञा–प्रतिष्ठान गठनको लागि कानुनी आधार तयार पारिने बताए ।
लुम्बिनी प्रदेशको कला, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकारले प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन गर्छ । यसबाट प्रदेशको कला, साहित्य, संस्कृतिको विकासमा योजना बनाएर काम अघि बढ्छन्, उनले भने–कला, साहित्य, संस्कृतिको जगेर्ना गरेर समाज विकास र रुपान्तरणको अभियानमा अघि बढ्न सकिन्छ ।
साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न नसक्दा समाजले क्षति व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यस तर्फ सबैको चिन्ता र चासो हुनुपर्ने धारणा उनले राखे ।