२०८१ श्रावण १२

पत्रकार महासंघ रुपन्देहीले मनायो होली
  • लुम्बिनी खोज
  • २०७८ चैत्र ४, शुक्रबार १६:१५ गते

बुुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले होली मिलन कार्यक्रम गरेको छ । कोरोना महामारीका कारण २ बर्षसम्म होली मिलन कार्यक्रम रोकिएको थियो । शुक्रबार महासंघको कार्यालय परिसरमा पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष, सल्लाहकार, विभिन्न राजनीतिक दल, जिल्लाका सुरक्षा अधिकारीहरु, पत्रकार सम्बद्ध संगठन तथा विभिन्न संघसंस्थाहरुको उपस्थितीमा रंग दलेर होली पर्व मनाइएको हो । महासंघ रुपन्देहीका अध्यक्ष रामरामज पोख्रेलले होली मिलनले पत्रकार र अन्य विभिन्न संघसंस्थाका विचमा भातृत्व कायम गर्न सफल हुने विश्वास दिलाए । उनले पत्रकार महासंघले चैत १६ गते स्थापना दिवस मनाउने जानकारी गराउँदै पत्रकारहरुको हितमा सदैव क्रियाशिल हुने बताए । महासंघले आयोजना गरेको होली मिलनमा नेपाली काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँण, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, नेपाल पत्रकार महासंघ रुपन्देहीका केद्रीय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु डा। बालकृष्ण चापागाई, हरि लम्साल, मोहोन चापागाई, निर्वतमान अध्यक्ष यानेन्द्र जिसि,सल्लाहकार दिनेश पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी , रुपन्देहीका सुरक्षा निकायका प्रमुख, पत्रकार सम्बद्ध संगठनका नेता तथा पत्रकाहरुको उपस्थिती थियो । होली विगतदेखिको परम्परा र पत्रकारहरुका विचमा सदभाव, एकता र भातृत्व कायम गर्न होली मिलन गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए । महासंघले सहसचिव विरेन्द्र कुँवरको संयोजकत्वमा सहसचिव माया केसी र कार्यसमिति सदस्य प्रदीप आचार्य रहेको होली मिलन उपसमिति उपसमिति गठन गरेको थियो ।