२०८१ आश्विन २८

एमाले लुम्बिनी संसदीय दलको विधान संशोधन उपसमिति गठन,संयोजकमा भोजप्रसाद श्रेष्ठ
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १, मंगलवार १०:०३ गते

सुझावहरुलाई सरकारले आत्मसात् गर्छः मुख्यमन्त्री आचार्य
बुटवल १ असोज ।
एमाले लुम्बिनी संसदीय दलको बैठकले विधान संशोधन उपसमिति गठन गरेको छ । उपसमितिको संयोजकमा दल उपनेता भोजप्रसाद श्रेष्ठ रहेका छन् । उपसमितिमा श्रेष्ठ संयोजक र प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतक यमुना रोका तामाङ सदस्य रहेका छन् ।

संसदीय दल नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा पूर्व मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले प्रदेश सभा सदस्यहरुको कार्यविभाजन र जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ ।

बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यहरुको सुझावहरुलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताए । उनले वर्तमान सरकारको प्राथमिकता आर्थिक बेथितिलाई रोक्ने रहेको भन्दै योजना कार्यान्वयनको नाममा हुने आर्थिक बेथितिलाई रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गरिने भएकाले यस बिषयमा प्रदेश सभा सदस्यहरुले समेत सहजिकरण गर्नुपर्ने धारणा राखे ।‘आर्थिक बेथितिलाई रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धामा लैजाने बिषय अघि बढाएको हो । एकै पालिका भित्र धेरै योजना छन भने त्यसलाई जोडेर ठेक्का गर्नुपर्छ । यस तर्फ काम अघि बढिसकेको छ’उनले भने,‘बजेटले काम सम्पन्न भएन भने के गर्ने भन्ने जिज्ञासा सुनियो । अर्को बर्ष अधुरा कामलाई बजेट हालेर सम्पन्न गरिन्छ ।’ बजेट दुरुपयोग नहुनेगरी कार्यान्वयन गर्न सरकार दृढ रहेको भनाई उनको छ ।
प्रदेश सरकारले पूर्वाधार विकासलाई नयाँ उचाईमा पु¥याउन सडक गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको जानकारी दिदै गुरुयोजनामा समेटिएका सडकको बारेमा जिल्ला तहमा छलफल गरेर टुंगोमा पु¥याइने बताए ।‘प्रदेश सडक गुरुयोजना बन्दैछ । प्रस्तावको रुपमा मन्त्रालयले ल्याएर आउछ ।