२०८१ आश्विन २८

कपिल धाममा मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १३, आईतवार ०६:४६ गते

कपिलवस्तु १३ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल आरोग्य मन्दिर कपिल धामको अवलोकन गरेका छन् । महर्षी कपिलको पावन तपोभूमिको रुपमा रहेको बाणगंगा नगरपालिका ९ मा अवस्थित कपिल धामको आइतबार अवलोकन गरेका हुन्। यो धामलाइ प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडि बढाउन सरकारले ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
कपिल धामले लुम्बिनी प्रदेशको धार्मिक, सांस्कृतिक, र पर्यटकीय महत्त्वलाई अझ उजागर गर्ने विश्वास लिए । प्रदेश सरकारले पुरातात्त्विक र धार्मिक सम्पदाको संरक्षणका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्ने, प्रदेशका धरोहरहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने पनि उनले बताए।
यस क्षेत्रमा योग, ध्यान, सत्संग, जडिबुट, गौशाला, गुरुकुलम्, प्राकृतिक चिकित्सालय, पुस्तकालय, साहित्य बाल उद्यान सञ्चालनको योजना छ । वैदिक संस्कृत विद्यापीठ गुरुकुलमको लागि शैक्षिक अनुदान, कक्षा कोठा भवन र छात्रावास भवन निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने माग राखिएको छ । धामका अध्यक्ष शंकरप्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाइ माग पत्र समेत बुझाए ।