२०८१ आश्विन २९

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको समिक्षा
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १४, सोमबार १२:११ गते

स्वस्थ जीवनशैली प्रर्बद्धन गर्न योजना कार्यान्वयनमा जुट्नुसः मुख्यमन्त्री आचार्य

बुटवल १४ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न जनस्वास्थ्यमा देखिएका समस्या समाधानकालागि योजना निर्माण गरेर कार्यान्वयनमा जुट्न निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०।०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समिक्षा कार्यक्रमलाई सोमवार लमहीमा सम्वोधन गर्दै उनले प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण, रक्त अल्पता जस्ता समस्या न्यूनिकरण गर्न ठोस कार्यक्रम बनाएर कार्यान्वयनमा जुट्न निर्देशन दिए ।
बिरामी तथा तिनका परिवारबाट गुनासो नआउनेगरी सन्तुष्ट हुनेगरी उपचार सेवालाई प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए ।
उनले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवामा सर्वसाधारण नागरिकको सहज पहुँच बढाउन कार्यक्रम बनाउन जोड दिए ।
स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि मुख्यमन्त्री आचार्यले निर्देशन दिए । उनले अस्पतालमा थन्किएका स्वास्थ्य उपचारकरण बनाउनुपर्ने, सरकारी अस्पतालमा काम गर्ने तर, नीजि स्वास्थ्य संस्थामा मोह राख्ने जस्ता प्रवृत्ति त्याग्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्य तर्फ देखिएको जनशक्तिको अभाव अन्त्यका लागी प्रदेश सरकारले ओएनएम सर्भे गरेको र त्यो रिपोर्टको आधारमा व्यवस्थापनको काम अघि बढ्ने बताए ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रलाई सुधार गर्न मन्त्रालयले योजनाबद्ध काम गरिरहेको र त्यसबाट उपलब्धि देखिने अवस्थामा पु¥याईएको दावी गरे । स्वास्थ्य सेवालाई सेवाग्राही मैत्रि बनाउनेगरी काम भइरहेको पनि उनले बताए ।
स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले स्वास्थ्य सेवा सुधार गर्न कार्यक्रम कार्यान्वयन गर्ने पद्धतीमा सुधार गर्न सकिन्छ भने त्यस बारेमा पनि समिक्षा गर्नुपर्ने बताए । समिक्षा कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु समेत सहभागिता छ । गाउँपालिका महासंघका अध्यक्ष बिष्णुकुमार गिरीले पालिका तहका आधारभुत अस्पतालहरु जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन नसकेको भन्दै प्रदेश सरकारले अस्पताल सञ्चालनका लागी पहल लिनुपर्ने बताए । र्काक्रममा स्वास्थ्य निर्देशक डा.विनोद कुमार गिरी,
कौशल भण्डारी लगायतले पनि स्वाथ्य क्षेत्रको चर्च गरेका थिए ।