२०८१ कार्तिक ६

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाको एक लाख ६५ हजार ६ सय
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ५, सोमबार ०६:३८ गते

बुटवल ५ कात्तिक ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुन तोलाको एक लाख ६५ हजार ६ सय रुपैया पुगेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार छ सय रूपैयाँ निर्धारण भएको हो ।
आज चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ। आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ रूपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।