२०८१ पुष ९

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गरिने
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक १४, बुधबार ०९:५६ गते

काठमाडौ, १४ कार्तिक ।
सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए । उनका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाउनेछन् ।
डा। गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिए ।
यसअघि सरकारले सात प्रदेशका एक–एक वटा सङ्घीय अस्पतालमा डेमोष्ट्रेसन ९नमुना० का रूपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको खोप शाखाका प्रमुख डा गौतमले उल्लेख गरे । सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब रु छ हजार पर्ने जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।