२०८१ पुष १०

रुपन्देही व्यापार संघले सप्ताहव्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउने
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २१, बुधबार १४:३२ गते

बुटवल,२१कार्तिक ।
रुपन्देही व्यापार संघले २५ औँ वार्षिकोत्सव एवं रजत महोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।
वि।स। २०५७ कात्तिक २८ गते स्थापना भएको रुपन्देही व्यापारसंगले आफ्नो रजत महोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने भएको हो ।
संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी रजत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते रुपन्देही जिल्ला ब्यपारको इतिहास ,बर्तामान र भाबि चुनौती बिषयमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता गर्ने कार्यक्रम तय भएको अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।
साथै कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत रक्तदान कार्यक्रम कार्तिक २७ गते लुम्विनी प्रदेशिक अस्पतालमा विरामीलाई निशुल्क फलफूल वितरण तथा रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय भएको उनले बताए ।
रजत महोत्सवको अन्तिम दिन मुल कार्यक्रमका रुपमा कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गरिने जनाइएको छ ।
रजत महोत्सवको अवसरमा संघले यही कात्तिक ३ गते सालझण्डी र कात्तिक १० गते समेलारमा १५ जना भन्दा बढी मेडिकल टिमसहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए । साथै सो शिविरमा एक हजारले सेवा लिएको र १५ लाख भन्दा बढीको औषधी वितरण गरिएको संघले जनाएको छ।