२०८१ मंसिर १९
बुटवल २४ कात्तिक ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताएका छन् । उनले शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव वन्दै गएको बताए। बुटवलमा रहेको बुटवल हस्पिटल प्रालिको स्थलगत अवलोकन गर्दै अब बुटवल बाट विरामी अन्यत्र जान नपर्ने गरी सेवा दिनुपर्ने धारणा राखे । निजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रालि सबै हिसाबले उपयुक्त वनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नु पर्ने बताए । उनले बुटवल प्रालिले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलवाट रिफर भएर भारत तथा काठमाडौ जाने विरामीहरुले धेरै दुःख र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाई छ ।
सो अवसरमा पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसावले उपयुक्त बनेको भन्दै यसले अझै आफुलाई स्पेसल हुने गरि फोकस गर्नु पर्ने बताए । उनले बुटवल हस्पिटल प्रालि आएपछि विरामी हरहालतले उपचार पाउने विश्वास नागरिकमा बनाउनु पर्ने बताए ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पुर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल बनेपनि यसको दिगो पनका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।