२०८१ मंसिर ६

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २६, सोमबार ११:१५ गते

बुटवल हस्पिटल प्रालिको स्थलगत अवलोकन
बुटवल २६ कात्तिक ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताएका छन् । उनले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेट्न आवश्यक भएको धारणा राखे । बुटवल हस्पिटल प्रालिको स्थलगत अवलोकन गर्दै पुर्व मन्त्री पुनले बिमाका नाममा सरकारी अस्पतालहरुबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएको बताए । उनले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिए । उनले बुटवलमा बिरामी आएपछि भारतिय शहर देखि राजधानी काठमाडौं जान नपर्ने अवस्थाको श्रृजना गर्नु पर्ने बताए ।


सो अवसरमा अस्पतालको बारेमा जानकारी दिर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा भएका विकृतीहरुको अन्त्य गर्दै जनताले सरल सहज ढंगले उपचार पाउनु पर्ने धारणा राखे । उनले राज्यले स्वास्थ्य संस्थाहरुको अनुगमन समेत समय समयमा गर्नु पर्ने बताए ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्णलगायतको सहभागिता रहेको थियो ।