२०८१ आश्विन ३

लुम्बिनी प्रदेशको राजधानीको गुरु योजना दिन सफल भएका छौ :मुख्यमन्त्री केसी
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १३, आईतवार १७:२२ गते

बुटवल
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशको राजधानीको गुरु योजना निर्माण समयमै दिन सकेको बताउँदै कार्यन्वयनको प्रक्रियालाई तिव्रता दिने बताएका छन । आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलमा भएको राजधानीको गुरुयोजना हस्तातरण र जग्गा अधिकरण कार्यविधि ग्रहण गर्दै बताएका हुन । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी नमूना योग्य बनाउनको सकिने गरी गुरु योजना बनाएको दावी गरेका छन । उनले भनेः प्रदेश सरकारले बनाएको योजना अनुसार गुरु योजना निर्माण भएको हुदा यसको कार्यान्बयन प्रकृयालाई सरकारले छिटो भन्दा छिटो बनाएर अगाडि बढ्नेछ । प्रदेशको राजधानीमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, औद्योगिक क्षेत्र, खेलकुद क्षेत्र यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास, धार्मिक क्षेत्र, बाल उद्यायन क्षेत्र लगायतको स्थानमा निर्माण कार्यमा तिव्रता प्रदान गदै विकास गर्नका लागि गुरु योजना निर्माण गरिएको छ । २०७८ साल मंसिर १६ गते भएको मन्त्री परिषद्को बैठकले मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा समिति बनाएको थियो । समितिले पदम बैद्धिक, किशोर थापा, कोष नारायण अधिकारी लगायतको विज्ञहरु टोलीले विज्ञता प्रयोग गरी जग्गा अधिकरणको कार्यविधिलाई पूर्णता दिइएको हो ।
प्रदेश सरकारले मन्त्रालयले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यन्वयनमा लैजानु पर्ने बताइएको छ । मुख्य न्यायाधिबक्ताले जग्गा अधिकरण कार्यविधि र पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशन अनन्तराज घिमिरेले राजधानीको गुरु योजना मुख्यमन्त्री केसीलाई बुझाएका थिए । अबको मन्त्री परिषद् बैठकबाट पारित गरी अब कार्यन्वयन प्रक्रियामा लग्नेछ ।