२०८१ मंसिर २१

एमाले बुटवलको प्रथम बैठक,भ्रम चिरेर अगाडि बढ्नुसः गिरी
  • लुम्बिनी खोज
  • २०८१ मंसिर ७, शुक्रबार १३:५० गते

बुटवल, ७ मंसिर ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीला गिरीले अराजकता र भ्रम चिरेर अगाडि बढ्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् ।
एमाले बुटवल उपमहानगर कमिटीको प्रथम पुर्ण बैठकलाई शुक्रबार संबोधन गर्दै उनले काँग्रेस–एमाले गठबन्धन २०८४ को चुनावसम्मै जाने भएकाले सरकार र पाटर्टीविरुद्ध फैलाइएका भ्रमलाई निश्तेज पारेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
उनले सरकारले राम्रो काम गरिरहेको तर जनतामा गलत र नकारात्मक भाष्य सिर्जना गरी दिग्भ्रमित पार्ने र त्यसैको रोटी सेक्ने कसरत भैरहेको भन्दै जनतामा सकारात्मक सन्देश प्रवाह गर्न, नागरिकका अप्ठेरा र सुखदुःखमा जोडिन र सरकारको कामलाई जनस्तरमा पु¥याउन कार्यकर्तालाई आग्रह गरे ।
त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं बुटवल उपमहानगर कमिटी इन्चार्ज गोपाल राना, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, उपमहानगर कमिटी उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई लगायतले जनतामा भ्रम फैलाउने विपक्षीको प्रयास सफल नहुने बताएका थिए ।
बैठकले नगर अधिवेशनको समीक्षा गर्नुका साथै सचिवालय गठन, टोलगत जिम्मेवारी बाँडफाँड र वार्षिक कार्ययोजना तय गरेको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।