२०८१ पुष ७
बुटवल २७ मंसिर ।
राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औं बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्न लागिएको छ । कालिका जिल्ला स्तरिय रनिङ्गशिल्ड खेलकुद प्रतियोगीता सहित विविध सास्कृतीक कार्यक्रम, साहित्यीक कार्यक्रम, प्रर्दशनी तथा खेलकुदका कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ ।
विद्यालयले आयोजना गर्न लागिको विविध कार्यक्रम बारे विहिबार पत्रकार सम्मेलनको आयोजनागरी विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बार्षिक उत्सव तथा अभिभावक दिवसको विविध कार्यक्रम बारे जानकारी गराएका हुन ।
प्रधानाध्यापक थापाका अनुसार पुस २ गतेबाट बार्षिक उत्सव तथा अभिावक दिवस तथा जिल्ला स्तरिय खेलकुद प्रतियोगीता सुरुवात हुने छन् । सेक्टर १ कालिकानगरमा प्रदेशका पुर्व मुख्यमन्त्री तथा सांसाद लिला गिरीले कार्यक्रम सुभारम्भ गर्ने कार्यतालिका तय गरिएको छ । सोही दिन ६ हजार विद्यार्थीसहितको पीटी प्रर्दशन, आर्कषण कला प्रर्दसनी, खेलाडीहरुको झाक्रि प्रर्दशनी, मार्चपास सहित कार्यक्रम समावेश गरिएको छ ।
पुस २ गते देखि ५ गते सम्म जिल्ला स्तरिय छात्र छात्रा भलिवल प्रतियोगीता, कबड्डी प्रतियोगीता, एथ्लेटिक्स प्रतियोगीता १००, २००, ४००, ८००, १५ मिटर छात्रछात्रा दौड प्रतियोगीता, रिले दौड तर्फ ४ बाई ४००, ४बाई १०० छात्र छात्रा दौड प्रतियोगीता समेत आयोजन हुने छन् ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार भलिबल, कबड्डी, एथलेटिक्स बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ ।खेलहरु विद्यालयको सेक्टर १ कालिकानगर र सेक्टर २ रामनगरमा सञ्चालन गरिनेछ । पुस ४ गते शेर बहादुर गुरुङ्ग जिल्ला स्तरीय कविता प्रतियोगिता (सेक्टर १ कालिकानगर)मा आयोजना हुने छन् ।
यस्तै पुष ४ गते कालिका गायन तारा प्रतियोगिता “मन्दिरा गलामी स्मृती कालिका गायन तारा २०८१(सेक्टर १ कालिकानगर) आयोजना गरिने छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर को मुख्य आतिथ्यतामा पुष ६ गते स्व.अरुण पौडेल स्मृती ५००० मीटर दौड प्रतियोगिता, (सेक्टर १ कालिकानगर) विविध छात्रबृत्ति अक्षयकोष वितरण(सेक्टर २ रामनगर) मा आयोजना गरिने भएको छ । यस्तै पुस ७ गते विज्ञान, प्रविधि तथा पुस्तक प्रदर्शनी, मूल समारोह (सेक्टर १ कालिकानगर) मा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य को प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कालिका मानवज्ञान मावि वि.स. २०६७ सालदेखि नगर स्तरिय र २०७८ सालदेखि जिल्ला स्तरिय खेल प्रतियोगिता शुरु गरेको इतिहास छ । वि.सं. २०७६ सालमा १४÷१४ ओटा स्वर्ण, कास्य र रजत पदक, वि.सं. २०७८ मा आइपुग्दा १६÷१६ पदक, २०७९ मा २४÷२४ र हाल आएर ३२÷३२ पदकमा खेलहरु सञ्चालन गर्दै लगेको छ । वि.सं. २०७६ सालमा यस विधा अन्तर्गत २२ वटा विद्यालय, वि.सं. २०७८ मा ३२ वटा विद्यालय, वि.सं. २०७९ मा ४९वटा विद्यालय, २०८० सालमा २७ वटा विद्यालय संलग्न भएका थिए ।
विद्यालयले जिल्लामा अवस्थित सम्पूर्ण विद्यालयलाई समेट्दै खेलको विकासमा थप टेवा पु¥याउँदै आइरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले सबैको साथ र सहयोगबाट कालिकाले देशमै सर्वोच्चस्थान प्राप्तगर्न सफल भएको बताएका थिए ।