२०८१ मंसिर ३०

नयाँ लडाइँ सुरु हुँदै छः प्रचण्ड
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २९, शनिबार १३:२५ गते

बुटवल २९ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा नयाँ लडाइँ सुरु हुन लागेको बताएका छन् । प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि नयाँ लडाइँ सुरु हुन लागेको उनले बताएका हुन् ।
शनिवार रुपन्देहीमा आयोजित माओवादी केन्द्र र जनमुक्ति पार्टीका अग्रगामी विचार समुहवीच समाहित तथा वृहत राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले माओवादीको नेतृत्वमा विगतमा भएका आन्दोलनबाट भएका परिवर्तनहरुलाई नरुचाउनेहरु अधिकार खोस्ने पक्षमा रहेको विश्लेषण उनले गरे । पछाडी पारिएका वर्गहरुको पक्षमा भएका परिवर्तनहरु प्रतिक्रियावादी, दलाल, वुज्रुवाहरु, विचौलियाहरुलाई पचिरहेको छैन, पछाडी पारिएका वर्गहरुका लागि अधिकारहरु धेरै भयो भन्ने उनीहरुलाई लागेको छ र उृनीहरु अधिकार खोस्ने षडयन्त्रमा छन्, तर हामीहरु त्यति मात्रै अधिकारहरुले पुग्दैन, अझ बढी अधिकार चाहिन्छ भन्नेमा छौं, यीनै विषयमा नया लडाई हुरु हुदैछ, प्रचण्डले भने ।
मुलुक अझै पनि दलाल र नोकरशाही पुँजीवादबाट मुक्त हुन नसकेको भन्दै उनले जनताको पक्षमा दृढताका पुर्वक उभिने बताए । समाजवादी नया आन्दोलन मार्फत परिवर्तन नचाहानेहरुलाई जवाफ दिइने उनले बताए । माओवादी सकियो भन्नेलाई को सकिदैछ, को शक्तिशालि बन्दैछ, भन्ने जवाफ जनताको साथबाट समाजवादी आन्दोलन मार्फत देखाउने छौं, उनले भने, जनतामा को प्रति घृण बढ्दैछ् भन्ने संकेतहरु पनि देखा परेको टिप्पणी पनि उनले गरे ।
तेस्रो पटक आफूले सत्ताको नेतृत्व लिएपछि भष्टाचारका विरुद्धमा महाअभियान थालेको स्मरण गर्दै उनले नेता तथा उच्च पदस्थ कर्मचारीहरु समेत कारवाहीमा पर्न थालेको तथा भुमाफिया विरुद्धको अभियानले उनीहरु रुष्ट बनेको विश्लेषण गरे । मिटरब्याजपीडितको पक्षमा उभिएको देखि सामाजिक सुरक्षा कोष मार्फत युवाहरुको हितमा काम थालेको पनि उनले स्मरण गरे । आफूले विगतमा सत्ताको नेतृत्व लिएपछि महत्वपूर्ण सडक आयोजना देखि मुलुकलाई लोडसेसिडङ मुक्त बनाउृन महत्वपूर्ण भुमिका खेलेको पनि दावी गरे ।


अर्थतन्त्र डामाडोल अवस्थामा रहेको अवस्थामा पछिल्लो पटक सत्ताको नेतृत्व लिएको र आफूले नेतृत्व लिएपछि अर्थतन्त्र समाल्दै विस्तारै लयमा ल्याउने काम भएको भन्दै प्रचण्डले भारत चीनसगका सम्वन्ध देखि अन्तराष्टिय मञ्चमा नेपालका पक्षमा काम गरेको बताए । नेपालको छवि र प्रतिष्ठा अन्तराष्ट्रिय स्तरमा अर्को उचाइमा पु¥याउन सकेको दावी गरेका उनले सत्ताबाट बाहिरीपछि जनताको वीचमा पुगेको बताए । जनताको बीचमा आएपछि माओवादीप्रति जनतामा नया आशा र भरोसा पैदा भएको छ, उप निर्वाचनको परिणामले पनि पूर्वबाट लहर आएको छ, राम्रो संकेत देखिएको छ । ०६४ सालको झल्को अहिले दिएको छ, ०८४ सम्म आइपुग्दा माओवादी देशको शक्तिशालि पार्टी बन्ने सन्देश अहिले आएको छ , माओवादी अध्यक्ष प्रचण्डले भने, कांग्रेस, एमालेसहित अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेहरुको लहर छ, जहा गयो माओवादीमा प्रवेशको लहर छ, यसले नया सन्देश दिएको छ ।
विगतमा आफ्नो वर्ग र एजेण्डाप्रति समुदायलाई विश्वासमा लिन लुज भयौंको भन्ने लागेको भन्दै उनले केही केही ठाउमा त्रुटि ग¥यौं भन्ने आफ्नो भनाइ र आत्म समिक्षा प्रतिनिधि सभामा पनि राखेको बताए । अब आफ्नै मुद्दा, वर्ग समुदायतीर फर्कर्ने संकल्पका साथ अगाडी बढेको उनको भनाई छ ।
उनले अहिलेका सत्ता प्रति जनतामा असन्तुष्टी रहेको र सत्तामा रहेकाहरुका विरुद्धमा ठाउ ठाउमा कालो झण्डा देखाउने र मुर्दावादका आवाज उठेको पनि बताए । मध्यरातमा ढाटछल र जालझेल गरेर बनेको अहिलेको सत्ता गठबन्धनले भष्ट्राचारीलाई बचाउने, जनतालाई सुताउने, नाफामा गएका सस्थान नीजिकरण गर्ने, लोडसेडिङ मुक्त बनाउने विद्युत प्राधिकरणका नेतृत्व ( कुलमान घिसिङ)लाई सताउने गर्न थालेपछि अहिले सत्ता नेतृत्वमा रहेका विरुद्धमा जनताको आक्रोस बढेको र मुद्रावादका नारा लाग्न थालेको प्रचण्डको भनाई छ ।
कुन पार्टी र कुन नेतृत्व इमान्दार छ भन्ने जनताले अनुभवबाट सिकेको भन्दै उनले अब जनताको भरोसा माओवादी केन्द्र रहेकाले जनताको भरोसा तोड्न नदिन सम्पूर्ण तागत लगाएर लागिपर्ने र जनताको जीतलाई कसैले रोक्न नसक्ने बताए र भने, भविष्य उज्ज्वल छ, हामी सबै एकजुट हौं, जनताको जीतलाई कसैले रोक्न सक्दैन,