२०८१ पुष १२
बुटवल ४ पुस ।
पुस ३ गते बाट बुटवलमा शुरु भएको औद्योगिक व्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले प्राथमिक उपचार सेवा संचालन गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो ।
मेला स्थलमा आई पर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेला मुल आयोजक समिति बुटवल उद्योग बाणिज्य संघ बुटवलका महासचिव मुक्ती अधिकारीले जानकारी दिए । उनका अनुसार पुस ३ देखि १८ गतेसम्म संचालन हुने मेलामा कुनै पनि स्वास्थ्य सम्वन्धी समस्या आए त्यसको सहजिकरण बुटवलकै नमुना अस्पताल बुटवल हस्पिटल प्रा.लि.ले गर्ने गरि व्यवस्थापन गरिएको छ । बुटवलको मेलामा आउने सबै अवलोकन कर्ताहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गर्ने गरि व्यवस्थापन गरिएको छ ।
नेपाल सरकारबाट १ सय शैयाको संचालन अनुमती प्राप्त यस क्षेत्रकै विशेषज्ञ चिकित्सक तथा अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्य सेवा संचालन गरेको बुटवल हस्पिटल प्रा.लि.ले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसका लागि मेलामा स्वास्थ्यकर्मी तथा प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरुको व्यवस्थापन गरिएको अस्पतालका जनरल म्यानेजर देवेश कर्णले बताए । प्रत्येक दिन स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिने भएकोले बुटवल हस्पिटलमा हुने अन्य सेवाका वारेमा बुझ्न र विभिन्न स्वास्थ्य चेकअपका प्याकेजहरु लिनका लागि पनि बुटवल हस्पिटलको प्राथमिक उपचारकक्षमा पुग्न हस्पिटलले अनुरोध समेत गरेको छ । यस क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरु, खेलकुद लगायतका ईभेन्टहरुमा पनि बुटवल हस्पिटल प्रा लि ले आफ्नो सेवा दिदै आएको अस्पतालका मेडिकल सुपरेटेण्डेन डा कृष्ण खनालले जानकारी दिए ।