२०८१ पुष ८

लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस
  • लुम्बिनी खोज
  • २०८१ पुष ८, सोमबार १२:४४ गते

बुटवल ८ पुस ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय सोमबार गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।‘पाँचौ अधिवेसन आह्वानकोलागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’मन्त्री पन्थीले भने,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन् ।’ भदौ ३१ गते चौथो अधिवेसन अन्त्य भएको थियो । साढे तीन महिनापछी पाँचौं अधिवेसनको बैठक बस्न लागेको हो ।
मन्त्रीपरिषद बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय पनि गरेको छ ।