२०८१ श्रावण १२

रुपन्देही उद्योग संघद्वारा तालिमको आयोजना
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २२, मंगलवार ००:४८ गते

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ५ दिने उद्योग व्यवसाय सञ्चालनका लागि बिजनेस स्र्टाटअप तालिम संघमा सुरु भएको छ ।
तालिमको शुभारम्भ गर्दै संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाले उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान लिनका लागि संघले तालिमका आयोजना गरेको बताए । उनले उद्योग सञ्चालनमा युवा पुस्ताको सहभागिताले व्यवहारिक तथा प्राविधिक पक्ष बलियो बन्ने विश्वास व्यक्त गर्दै तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
संघका निवर्तमान अध्यक्ष बाबुराम वोहोराले युवा शक्तिको पलायनलाई रोक्न र देशको आर्थिक विकास गर्न युवा शक्तिले स्वदेशमै उद्यम गर्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिए । तालिमका प्रशिक्षक मुकुन्द ज्ञवालीले तालिममा व्यवसायिक सिप क्षमता विकास, व्यवसायिक योजना निर्माण, व्यवसाय सञ्चालन र सुधार योजना बारे छलफल हुने उल्लेख गर्दै व्यवसाय सुरु तथा सुधार योजनाबारे प्रारम्भिक ज्ञान सीप सिकाउन सकिएन भने उद्योग सञ्चालन हुन नसक्ने कुरा व्यवहारले देखाएको बताए ।
५ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न कलेजमा अध्ययनरत तथा उद्योगी संलग्न ३२ जनाको सहभागिता रहेको छ ।
तालिमको शुभारम्भ कार्यक्रम संघका कार्यबाहक अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा, सचिव बसन्त ढकालले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, का.स. सदस्य विशाल बेलवासेको उपस्थिति रहेको थियो ।
तालिम अवधीमा तालिममा सहभागीहरुलाई विभिन्न यस क्षेत्रका सफल उद्यमीहरुसँग साक्षत्कार र औद्योगिक अवलोकन भ्रमण समेत गराइने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराए ।