२०८१ पुष १०
बुटवल ९ पुस ।
मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.११ अंकले बढेको हो । आज नेप्से २६२६.३१ विन्दुमा पुगेको छ।
आज नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । पाँच अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच भएको छ ।
आज १६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक सेयर किनबेच भएको छ ।