२०८१ पुष १२

लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८१ पुष ११, बिहीबार १०:१५ गते

भैरहवा ११ पुस ।
सिद्धार्थनगर नगरपालिका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखीकरण सुरु गरेको छ ।
सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण बिहिबारदेखि सुरु गरिएको हो । सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरिएको अभिमुखीकरणको उद्घाटन गर्दै नगर प्रमुख ईस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यनगर्दा विद्यार्थीहरु बहकाउमा परेर लागुऔषध दुव्र्यसनमा पर्नसक्ने भएकाले सोको रोकथामकालागी अभीयान सुरु गरीएको बताए ।
उनले विद्यार्थीहरुको अनुशासन महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ती बन्न लागुऔषध सेवनबाट टाढै रहनु पर्ने बताए । नगर उप प्रमुख एवं कार्यक्रमकी अध्यक्ष उमा अधीकारीले यो उमेर चञ्चल एवं अधैैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनु पर्नेमा जोड दिईन । उनले कतिपय अवस्थामा साथीसगं, सामाजीक सजांलको प्रयोगबाट समेत लागुऔषध दुव्र्यसनमा परीनसक्ने भन्दै यस्ता कुराहरुमा सचेत रहदै आफ्नो अध्ययनमा केन्द्रीत रहन विद्यार्थीहरुलाई आग्रह गरीन ।
कार्यक्रम पुस १७ गतेसम्म सचांलन हुने र बेलहीया मावी सहीत, भानु मावी, भैरहवा नमुना उच्च मावी, लिलाराम न्यौपाने मावी र महात्वा बुद्ध मावीमा सचांलन हुने नगरपालीकाका समाजीक विकास शाखा प्रमुख लक्ष्मण गिरीले जानकारी दिए । महिला बिकास शाखा प्रमुख कौसल्या चौधरीको सचांलन, शिक्षा अधीकृत जानह्वी पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक शुमन गैरेले प्रशिक्षण दिएका थिए ।