२०८१ श्रावण १२

सिद्धार्थनगरमा गठबन्धन गर्ने सत्तारुढ दलको घोषणा
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २२, मंगलवार १६:१९ गते

बुटवल । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीको सिद्धार्थ नगर नगरपालीकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने घोषणा गरेका छन् ।
भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागी नगर र बडामा संयन्त्र गठन गरी बडातह सम्मनै तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस नगरसभापति कोशीस बहादुर खड्काको सभापत्विमा बसेको सत्ता साझेदार दलहरु नेकपा समाजबादी, एकीकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको नगर स्तरीय सयुक्त बैठकले चुुनावी संयन्त्र निमार्ण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको हो । बैठक पछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओबादी केन्द्रका नगर ईन्चार्ज फैज अहमद खाँन, नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष रामबहादुुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्यद्धारा जारी सयुुक्त बिज्ञप्तीमा गठबन्धनमा आवद्ध दलहरु बिच गठबन्धनको मर्म र भावना अनुुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै लगि स्थानीय तहको निर्वाचनमा सयुुक्त रुपमा सहभागी हुुने उल्लेख छ । त्यस्तै सिद्धार्थ नगर नगरपालीकाका सवै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए।