२०८२ बैशाख २७
विद्यार्थीले पकाए अभिभावकले खाए
बुटवल १९ पुस ।
सामुदायीक तर्फ मुलुककै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको बुटवलको कालिका मानवज्ञान माविमा फुड फेष्टीभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाक कला प्रस्तुत गर्दै विभिन्न परिकार बनाएर अभिभावकहरुलाई खुवाएका छन् ।
बुटवल १० कालिकानगरमा सेक्टर १ र रामनगरमा रहेको सेक्टर २ मा एकै दिन अर्धबार्षिक परिक्षाको परिक्षाफल प्रकाशन संगै फुड फेष्टिभल गरिएको थियो ।
विद्यालयबाट नै लगानी गरेर विद्यार्थीहरुको पाक कला लाई प्रस्तुत गर्ने गरी गरिएको फेष्टिभलमा सहभागी विद्यार्थीहरुले नतिजा लिन आएका अभिभावकहरु खुवाएका थिए । अभिभावकहरुले परिकार चाख मानेर खाएका थिए ।
विद्यालयले खानाका परिकारहरुको मेन्यु बनाएर विभिन्न स्टल निर्माण गरी विद्यार्थीहरुले परिकार बनाएका हुन । फ्रेन्च फ्राई, भेज पकौडा, चिकन रोष्ट, चिकन चिल्ली, मःम, खिर, अचार, प्याज पकौडा, हलुवा अचार, पनिर पकौडा, कफि, पर्पकन, सेलरोटी अचार, बटुक लगायतका परिकारहरु बनाएर प्रर्दशन तथा विक्रि गरेको खाना महोत्सव संयोजक इबराज तिवारीले बताए ।
खाना महोत्सवमा कक्षा ११ को होटल म्यानेजमेन्ट अध्यायन गर्दै गरेका विद्यार्थीहरुले समेत आफ्नो सीप र कौसल प्रस्तुत गरेका थिए । कक्षा ७ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुको सहभागीतामा खाना महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यार्थीहरुमा रहेको पाक कला प्रर्दशन, सिकाई उपलब्धीको लागि यी र यस्ता प्रर्दशनी विद्यालयले आयोजना गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक थापाको भनाई छ । साथै बाल कक्षा देखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन समेत गरिएको विद्यालयका परिक्षा संयोजक युवराज कण्डेलले जानकारी दिए ।
विद्यालयको सेक्टर २ रामनगरमा पनि नतिजा प्रकाशन सहित खाना महोत्सव भव्य रुपमा सम्पन्न गरिएको अतिरिक्त क्रियापकलाप संयोजक रेजिन केसीले जानकारी दिईन् । विद्यालयमा पुस्तक प्रर्दशन समेत राखीएकोमा विद्यार्थीहरुले चाख दिएर विद्यालय कोर्ष र अतिरिक्त पुस्तक समेत किन्नुको साथै प्रर्दशनमा चाख दिएर सहभागीता जनाएको सेक्टर २ ईन्चार्ज कृष्ण गौतमलले जानकारी दिए । सेक्टर २ का विद्यार्थीहरुले खानाका थप परिकारमा भट्मास साँदेको, चुकौनी, आलु चनालगायतका परिकार बनाएका थिए । न्युनतम ३० रुपैया देखि अधिकतम १०० रुपैयाँको खानाको परिकार बनेको विद्यालयका अतिरिक्त क्रियाकलपा संयोजक विवेकराज पोखरेलले जानकारी दिए । विद्यालयमा नेपाल नियमित रक्तदाता संघको संमन्वयमा वृहत रक्तदान समेत गरिएको थियो ।