२०८२ बैशाख ६
काठमाडौँ २८ पुस ।
अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा श्याम रोक्काले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । जसको नीति उसैको नेतृत्व र विद्यार्थीले नै गर्न पर्ने जोड गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।
उनका अनुसार विशेष गरेर असमान शिक्षाको साम्राज्य खडा गर्ने शैक्षिक माफियाको विरुद्ध अन्तिम लडाइ लड्ने, यो व्यवस्था प्राप्तिको लागि कुर्वानी गर्ने महान सहिदहरुको सपना साकार गर्ने र जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष निर्माण गर्ने जस्ता महत्त्वपूर्ण एजेन्डा प्राथमिकता राखेर उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रविधि मैत्री शिक्षा र प्रविधिमैत्रीपुर्ण रचनात्मक विद्यार्थी आन्दोलनको विकास गर्ने, सत्तामा लिप्त विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानको रुपमा स्थापित गर्ने, आम जनताको छोराछोरीको साझा प्रतिनिधित्व गर्ने क्रान्तिकारी सगठन निर्माण गर्ने, विद्यालय देखि विश्वविद्यालय सम्म शैक्षिक सुधारको कार्यक्रम संचालन गर्ने, विद्यार्थीलाई पढ्दै कमाउदै अभियानको सुरुवात गर्ने, सगठनको वार्षिक क्यालेन्डर बनाएर कार्यन्वयन गर्ने, सबै जनताको छोराछोरीलाई निशुल्क र समान शिक्षा प्रदान गर्न आन्दोलित हुने, नियमित र गुणस्तरीय स्ववियुको विकास गर्ने, शिक्षा स्वास्थ र रोजगारको ग्यारेन्टी गर्ने जस्ता लोकप्रिय एजेन्डाहरु सहित अध्यक्षको उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।
आफ्ना एजेन्डाहरू लिखित सामाग्री एवं भिडियो सन्देश मार्फत नियमित रूपमा सार्वजनिक गर्दै जाने र विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट अगाडी बढाउन गम्भीरताका साथ सामुहिक बहसमा जुटेको समेत रोक्काले बताएका छन् । विद्यार्थी आन्दोलन फेरि नयाँ उचाइमा उठाउने कुरा एकल प्रयासबाट मात्र सम्भव नभएको र सामूहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नोबाट सहयोग गरिदिन अनुरोध समेत अध्यक्ष पदको उम्मेदवार रोक्काले गरेका छन् ।
अध्यक्षको बलियो उम्मेदवार भएको दाबी गर्दै रोक्काले आफू सहिद परिवार भएकाले पार्टीका शिर्षनेता देखि प्रतिनिधि साथिहरु सम्मको साहानुभुती र सहयोग रहने बताउदै बागमती आफ्नो गृह प्रदेश र विषेश प्रदेश आफ्नो कार्यक्षेत्र भएको देशै भरीको भन्दा यस क्षेत्रको मतभार उच्च रहेको हुदा र सबै प्रदेशमा सगठनको गतिविधिमा सहभागी भएको कारणले पनि चुनाव जित्न सहज रहेको दाबी उनले गरेका छन् ।
यस अघि उमेरहदबन्दी कारण असोज २–५ गतेसम्मको उद्घाटन पछि राष्ट्रिय सम्मेलन स्थगित गरेको थियो भने दोस्रो चरणको निर्वाचन सम्पन्न गरि माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तोकिएको छ।