२०८१ श्रावण १२

लुम्विनीमा सत्ता गठबन्धनले गरे सबै स्थानिय तहमा सयन्त्र निर्माणको निर्णय
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २३, बुधबार १३:०२ गते

बुटवल ।
लुम्विनी प्रदेशका सबै १०९ वटै पालिकामा सत्ता गठबन्धनले सयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । गठबन्धन दलका प्रदेश स्तरको बैठकले सयन्त्र निर्माण, नियमित बैठक बस्ने तथा मत विश्लेषणसहितको रिपोर्ट पेश गर्ने निर्णय गरेको छ ।
कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनले केही दिन भित्रैमा गठबन्धनका दलहरुले मत विश्लेषणको रिपोर्ट पेश गर्ने निर्णय भएको बताए । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आवश्यकता र महत्वका बारेमा सभा गर्ने निर्णय पनि गरेको छ । एकै ठाउमा गर्ने की ठाउ ठाउमा गर्ने भन्ने बारेमा टुंगो लागि नसकेको भन्दै पुनले यस बारेमा छलफल गरेर टुंगोमा पुगिने बताए । बुटवलमा बुधवार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा गठवन्धनलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ । बैठकमा नेपाली कांग्रेस लुम्विनीका सभापति अमरसिंह पुन, उपसभापति भुवन श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नेता चन्द्रप्रकास खनाल वलदेव, लुम्विनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका नेता सहसराम यादव, लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, राष्टिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायतको उपस्थीति थियो । बैठकपछि कांग्रेसका सभापति पुन, माओवादी केन्द्रका बराल, जसपाका यादव तथा राजमोका आलमद्धारा जारी संयुक्त विज्ञप्तीमा विभिन्न ६ वटा निर्णय गरिएको उल्लेख छ ।
यी हुन गठबन्धनको बैठकले गरेका निर्णय
१) तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक वस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने ।
२) स्थानीय पालिका र जिल्लाहरुले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने ।
३) कुनै पालिकामा समस्या रहेमा प्रदेश तहबाट कार्यदल निर्माण गरी स्थलगत अनुगमनका आधारमा समस्याको समाधान गर्ने ।
४) प्रदेश र जिल्लामा आवश्यकता अनुसार गठवन्धन दलको नियमित बैठक वस्ने ।
५) गठबन्धनको आवश्यकता र महत्वबारेमा जनस्तरमा बोध हुने गरी प्रदेश स्तरीय संयुक्त सभाको आयोजना गर्ने ।
६) हाल सम्म जिल्लाले गरेको गठबन्धनको सकारात्मक पहलहरुलाई स्वागत सहित अझै प्रभावकारी ढंगले निष्कर्षमा पु¥याउन आग्रह गर्दछौं ।