२०८१ श्रावण १२

लुम्बिनी प्रदेश स्तरीय गठबन्धन दलको बैठकद्वारा ४ बुदे निर्णय
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २४, बिहीबार १७:३५ गते

बुटवल । लुम्बिनी प्रदेश स्तरीय सत्तापक्ष गठबन्धन दलको बैठकले स्थानीय निकायको चुनाबको लागि गठबन्धन बलियो तथा मजबुत बनाउने लगायका ४ बुदे निर्णय गरेको छ । बुधबार लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बैठक बसी आगामी बैशाख ३० गते सम्पन्न हुन गइहरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रुपमा कार्यन्वयन गर्न निम्न निर्णय गरेको जनाएको छ । बैठकले आगामी बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन बलियो तथा मजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेशन गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका १०९ स्थानीयतहको निर्वाचनमा गठबन्धनको धरातलिय अवस्था २०७८ साल चैत्र २६ गतेसम्म लुम्बिनी प्रदेशमा पठाउन सबै जिल्लालाई निर्देशन गर्ने निर्णय समेत गरेको छ । गठबन्धनलाई सकात्मक रुपमा ग्रहण गर्दै सम्पूर्ण जिल्लामा गठबन्धन दलको बैठक बसाल्न पाँच दलिय गठबन्धनमा आबद्ध सबै राजनीतिक दलले जिल्लाका राजनतिक दललाई निर्देशन गर्ने निर्णय गरेको छ । साथै प्रदेश स्तरीय गठबन्धनको चुनावी कार्ययोजना सहित आगामी बैठक २०७८ चैत्र २७ गते बस्ने निर्णय गरेको छ ।