२०८२ बैशाख ३०

लुम्बिनीमा प्रशिक्षण प्रतिष्ठान विधेयक समितिमा पठाइयो
  • लुम्बिनी खोज
  • २०८१ माघ २२, मंगलवार ११:४५ गते

बुटवल २२ माघ ।
लुम्बिनी प्रदेश सभा पाँचौं अधिवेसनको सातौं बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबारको बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलकालागि सम्वन्धित सममितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव स्विकृत भएको सभामुख तुलाराम घर्तीमगरे बैठकमा जानकारी गराएका थिए । प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा विशेष समयमा सम्वोधन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले विद्यालय भित्र बालबालिकाहरु असुरक्षित हुने अवस्था रहेको भन्दै सुधारकोलागि सरकारको ध्यानाकर्षण गराए । विद्यार्थीहरु माथि कुटपिट गर्ने शिक्षकहरुलाई कारबाही गर्न माग राखे । प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरीले विकास निर्माणका काम प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदेश सभा सदस्यहरु बादशाह कुर्मी, प्रदेश सभा सदस्य भण्डारीलाल अहिर, मालति सोडारी, धर्मबहादुर चौधरी, दिपेन्द्रकुमार पुन, राजु प्रसाद श्रेष्ठलगायतले विभिन्न विषय उठाएका थिए । आठौं बैठक भोली बुधवार दिउँसो एक बजे बस्नेछ ।