२०८२ बैशाख ३०
बुटवल,१ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैदिन गुल्मी जिल्लाका पाँच योजनाको उद्घाटन गरेका छन । प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्वित प्रशासकीय भवन, मालिका पिस पार्क, हेलिप्याड र तेस्रो मालिका रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् ।
यस्तै धुर्कोट गाउँपालिकाको सहिद स्मृति पार्कको पनि प्रचण्डले उद्घाटन गरेका हुन । उनले कार्यक्रमहरूलाई सम्बोधन गर्दै संविधान निर्माणमा आफ्नो प्रभावकारी भूमिका रहेको स्मरण गर्दै गाउँ–गाउँमा सिंहदरबारको अवस्था प्राप्त गर्न सकिएको बताए ।उनले स्थानीय तहबाट जनतालाई सेवामार्फत गाउँगाउँमा सिंहदरबारको महसुस गराउन नसके बन्ने संरचना ९भवन० को कुनै अर्थ नभएको बताए । साथै उनले आफू प्रधानमन्त्री भएको वेला मध्यपहाडी, मदन भण्डारी, सालझण्डी–ढोरपाटनजस्ता महत्त्वपूर्ण सडक पूर्वाधार निर्माणको प्रस्तावक हुने र पटक–पटक बजेट विनियोजन गरेको बताए ।
जनयुद्ध दिवसमा धुर्कोट गाउँपालिकाद्वारा निर्मित सहिद स्मृति पार्कको नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन तथा सहिदहरूको सालिक अनावरण गरेका छन् । ०७५ सालबाट विभिन्न वर्षहरूमा बजेट व्यवस्थापन गरेर पार्कको सबै काम गरिएको थियो ।धुर्कोट गाउँपालिकाले पालिकाभित्रका तीनजना सहिदको स्मृतिमा पालिकाको केन्द्र बर्बोटमा पार्क निर्माण गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले जानकारी दिए । तत्कालीन शासन व्यवस्थाको विरुद्धमा लडेका शमशेरबहादुर खत्री, खिमविक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतिमा पालिकाले झन्डै दुई करोड लगानीमा पार्क निर्माण गरेको पोख्रेलले बताए ।