२०८१ श्रावण १२

स्कलर्स होममा विज्ञान प्रर्दशनी तथा बाल प्रतिभा पुरस्कृत
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २५, शुक्रबार ११:२८ गते

बुटवल ।
बुटवल स्थीत स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कूलमा विज्ञान प्रर्दशनीका साथै बाल प्रतिभालाई पुरस्कृत गरिएको छ । ३० वर्षे शैक्षिक इतिहास बोकेको स्कलर्स होमको बिशेष समारोहमा अभिभावकका लागि अभिभावन कार्यक्रम समेत गरिएको थियो ।
शुक्रवार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले प्रतिभाहरुका साथै विद्यालयको शैक्षिक विकासमा योगदान पुयाउने शिक्षक शिक्षिकालाई समेत सम्मान तथा पुरस्कृत गरेकी थिइन । कार्यक्रममा वोल्दै उपप्रमुख आचार्यले शैक्षिक क्षेत्रका अतिरिक्त विकास निर्माणका बारेमा चर्चा गरेकी थिइन । विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले विद्यालयले नियमित पाठ्यक्रमका अतिरिक्त अहिलेको आवश्यकता बमोजिमको जनशक्ति उत्पादन गर्ने गरी अतिरिक्त क्रियाकलापलाई पनि बढी प्रथामिकतामा राख्दै आएको बताए । वर्षौ अनुभव प्राप्त शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै बन्जाडेले स्कलर्सका थुप्रै विद्यार्थीहरु डाक्टर, इन्जिनियर देखि उच्च तहमा पुगेको बताए । देश विदेशका राम्रा शैक्षिक सस्थाहरुमा यहाका उत्पादनले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको भन्दै उनले आगामी दिनमा पनि स्कलर्सको शिक्षालाई उत्कृष्ट र गुणस्तरीय बनाउदै लैजाने बताए ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल, उपप्राचार्य टिकाराम गौतम, प्रशासन शाखाका लोकप्रसाद भण्डारी राजु, अभिभावक संघका लोकनाथ ज्ञवालीलगायतले शैक्षिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
स्कलर्सले शुक्रवार नै गरेको अभिभावन कार्यक्रममा मानव सेवा आश्रम केन्द्रीय सचिव रुपा केसीले प्रशिक्षण दिएकी थिइन । उनले बालबालिकासग अभिभावकले खेल्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षण दिएकी थिइन ।
शिक्षक, शिक्षिका सम्मान


कार्यक्रममा सहायक प्राथमिक तह संयोजक पिंकी भण्डारी, प्राथमिक तह संयोजक कमला पाण्डे, निम्न माध्यमिक तह संयोजक सृजना गौतम, सास्कृतिक संयोजक दिलकुमारी उपाध्याय, अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, माध्यमिक तह संयोजक तथा विद्यालय संयोजक शोभारानी प्रधानलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । त्यस्तै बालबालिकाले नृत्यसहितका प्रस्तुती समेत राखेका थिए ।
एटीएमदेखि जेसीबी सम्म प्रर्दशन


स्कलर्सका बालप्रतिभावले बनाएका विज्ञानसग सम्वन्धित बालसिर्जनाहरुको प्रर्दशनी समेत गरिएको छ । विद्यार्थीहरुले एटीएम मेसिन देखि जेसीवी सम्मका नमुना बनाएर प्रर्दशनमा राखेका छन । स्मार्ट सिटिको नमुना समेत प्रस्तुत गरेका बालप्रतिभाहरुले विज्ञानसग सम्वन्धित विभिन्न नमुनाहरु बनाएका छन । यस किसिमको प्रयासले बालबालिकाको शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विद्यालयले जनाएको छ ।