२०८२ बैशाख ४
जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुँदै
बुटवल,४फागुन ।
प्रमुख प्रतिपक्ष दल नेकपा९माओवादी केन्द्र०ले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी थालेको छ । भर्खर सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले फागुन १० गते काठमाडौँमा जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको हो
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले पालिका प्रमुखरअध्यक्ष १२३ र उपप्रमुखरउपाध्यक्ष १३० स्थानमा जितेको थियो । स्थानीय सरकार जनताका सुख–दुःखसँग प्रत्यक्ष जोडिने हुँदा आफूले जितेको पालिकाका जनताका पिरमर्का बुझ्ने, गुनासा सुन्ने, सेवा सुविधा चुस्त दुरुस्त बनाउने र समग्रमा नमुना पालिका बनाउने उद्देश्य रहेको सो पार्टीले जानकारी दिएको छ । केन्द्रीय कार्यालयको व्यवस्थापनमा हुन लागिएको अभिमुखीकरण भेलामा प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षसहित सम्बन्धित पालिका अध्यक्षहरू सहभागी हुने बताइएको छ। स्थानीय सरकारमा बसेर काम गर्दाका अप्ठ्यारा, जनताका गुनासा, अपेक्षा लगायत समस्या समाधानका उपाय खोज्ने गरी जनप्रतिनिधिलाई प्रशिक्षण दिइने समेत बताइएको छ ।
यसै गरी माओवादीले नजितेका पालिकामा भएका बदमासी, भ्रष्टाचार, ढिलासुस्ती लगायत विषयमा प्रभावकारी उपस्थित हुने गरी तयारी गरिएको सो पार्टीले जनाएको छ । माघ २७ गते माओवादीले जारी गरेको परिपत्रमा स्थानीय पालिकाका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गरी स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन १० गते काठमाडौँमा आयोजना गरिने उल्लेख गरिएको थियो । भेलामा पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरूको सहभागिता रहने परिपत्रमार्फत जानकारी गराइएको थियो ।