२०८१ फाल्गुन २८
बुटवल ५ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आइपुगेका छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत आएका उनले आज बस्ने प्रदेश सभा बैठकलाई बिशेष सम्वोधन गगर्ने भएका छन् ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरेका थिए ।
प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलिलाई स्वागत गरेका छन् ।