२०८१ चैत्र ४

नवीनमा नगर स्तरीय अन्तर हाजिरी जवाफ प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन ९, शुक्रबार १०:१२ गते

बुटवल, ९ फागुन ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा नगर स्तरीय अन्तर विद्यालय९कक्षा ८ अन्तरगत० हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार बुटवल उपमहानगरपालिका अन्तर्गत रहेका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु वीच कक्षा ८ को नेपाली, अङ्ग्रेजी, गणित, बिज्ञान, सामाजिक, कम्प्युटर, हाम्रो बुटवल पाठ्यपुस्तक तथा सामान्य ज्ञानलाई समेटी विद्यार्थीको चौतर्फिक विकासको उद्वेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यता तथा बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख तथा उपनिर्देशक टिकाराम पन्थीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्रका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा गार्गी एकेडेमी प्रथम, कान्ति माध्यमिक विद्यालय द्वितीय र न्यू होराइजन माध्यमिक विद्यालय तृतीय भएका छन् । र नवीन औद्योगिक कदर बहादुर रीता मावि शान्तवना भएको छ ।
कार्यक्रममा प्रथम हुनेलाई दस हजार, द्वितीय हुनेलाई सात हजार र तृतीय हुनेलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेको अध्यक्षतामा सर्वोच्च अदालतका अधिकृत क्वीज मास्टर अर्जुन चापागाईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ, शिक्षक अमर श्रेष्ठ, मोतीलाल हरिजन, मिलन श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।