२०८२ बैशाख २६
बुटवल १० फागुन ।
गुल्मी रुपाकोट रुपन्देही सम्पर्क समाजको भेला एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाको बनबाटीकामा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै समाजका जेष्ठ सदस्य तथा पुर्व शिक्षक नन्दराम भण्डारीले गुल्मी रुपाकोट जन्म थलो भई रुपन्देहीका बिभिन्न स्थानहरुमा पेशा ,ब्यबसायगरी सबै बर्ग र समुदायमा बसोबास गर्नेहरु बिच आपसी भाइचारा र सहयोग आदान प्रदान गर्ने गरी समाजले काम गर्नु पर्ने बताएका थिए । उनले पेशा ब्यबसाय गर्नका लागि जुन सुकै ठाउमा बसेपनि जन्म थलो सबैको प्यारो हुने र समाजका माध्यमबाट त्यस क्षेत्रको बिकासमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा समाजका अध्यक्ष मुरारीराज भण्डारीले गत ०८१भदौ १ गते प्रथम भेलाबाट १९ सदस्यीय कार्यसमिति गठन गरिएको र सोही अनुसार ०८१ पुस २९ गते समाजको संस्था जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सामाजिक संस्थाको रुपमा दर्ता भएको जानकारी दिएका थिए ।
उनले समाजको आजिवन सदस्य हुन पाच हजार लाग्ने र साधारण सदस्यको लागि प्रत्येक बर्ष ५ सयमा नबिकरण गर्न सकिने जानकारी दिए । उनले समाजले जन्मथलो रुपाकोट र यस क्षेत्रमा समेत समाज केन्द्रित कार्यक्रम गर्ने जानकारी दिए ।
भेलमा समाजका सल्लाहकार , रुपाकोट जन्मघर भई राष्द्रिय स्तरका कलाकार राम प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो । बनभोज सहितको कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम र ७५ बर्ष माथिका बृद्धहरुलाई सम्मान समेत गरिएको थियो ।
राष्द्रिय स्तरका कलाकार राम प्रसाद पौडेलले लोक गित संगितले मनोरञ्जन प्रदान गरेका थिए । खेलकुद कार्यक्रम अन्तरगत घैटो फुटाउने र म्यजिकल चेयर खेल सम्पन्न भएका थिए । खेलमा बिजेतालाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा स्बागत मन्तब्य रामु भण्डारी राखेका थिए भने कार्यक्रमको संचालन समाजका सचिव शंकर प्रसाद पौडेलले गरेका थिए ।