२०८१ चैत्र ४

४ सय बोरा केराउ सहित ट्रक नियन्त्रणमा
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन २१, बुधबार १३:०० गते

बुटवल २१ फागुन ।
रुपन्देहीको देवदहमा प्रहरीले ४ सय बोरा केराउ बरामद गरेको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ४ सय बोरा केराउसहित एउटा ट्रक बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार देवदह नगरपालिका वडा नं. ७ खैरेनी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व आउदै गरेको ट्रक खान तलासी गर्दा सो परिणामको केराउ फेला परेको थियो । रामेछाप मन्थली नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ को सुजन अधिकारीले चलाएको ना ६ ख ४२७५ नम्बरको कन्टेनर (ट्रक) रोकी चेकजाँज गर्ने क्रममा बिल बिजक शंकास्पद रहेको ४ सय बोरा (प्रति बोरा २५ के.जी.) केराउ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनु्सार केराउको अन्दाजी मुल्य ८ लाख र र ट्रकको अन्दाजी मुल्य १२ लाख गरी बिस लाख बराबरको केराउ, ट्रक नियन्त्रणमा लिएको प्रहरीले चालक समेतलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलय बुटवल रुपन्देही बुझाइएको जनाएको छ ।