२०८१ चैत्र ४

मगर राष्ट्रिय मूक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बुटबलमा हुने अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन २६, सोमबार १६:५२ गते

बुटवल, २६ फागुन ।
माओवादी केन्द्र निकट मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारी तिब्र पारिएको छ । मोर्चाको यहि फागुन २८ गते बुटवलमा हुने मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारी करिव अन्तिम चरणमा पुगेको सोमबार बुटवलमा पत्रकारहरुसंग भेटघाट गर्दै जानकारी दिएको छ ।
मगर राष्ट्रिय मूक्ति मोर्चा नेपाल केन्द«ीय समितिका अध्यक्ष गणेश सलामी मगरले बुटवलमा हुने सम्मेलनको माओवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
उनका अनुसार देशभरिबाट करिब १ हजार प्रतिनिधिहरु सहित बुटवल स्थित ट्राफिकचोकमा हुने सभामा करिब १५ हजार जनसहभागिता गराउने तयारी गरिएको छ ।
सभालाई नेपाल कम्युनिष्ट पाटी ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरु नारायणकाजी श्रेष्ठ, पूर्वसभामूख ओनसरीघर्तीमगर, सुरेश आलेमगर लगायतले सम्बोधन गर्ने मोर्चाका प्रवक्ता जीवनप्रवेश रोकामगरले जानकारी दिएका छन ।
यसैबीच फागुन २८ गतेको उक्त कार्यक्रमलाई सफल पार्नका लागि नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० बुटवल नगरले सबै वडालाई निर्देशन जारी गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भूषालले जानकारी दिए । उनका अनुसार सो कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नका लागि नगर भित्रका पार्टी र कार्यकर्ताहरुलाई तयारीका लागि व्यापक रुपमा परिचालन गरिएको समेत जानकारी दिएका छन ।