२०८१ चैत्र ४

अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा पाँच कार्यक्रमलाई सम्वोधन गर्ने
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन २८, बुधबार ०२:११ गते

बुटवल, २८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्ड सहितको माओवादी नेताहरुको जम्बो टिम आज रुपन्देही आउँदैछ । मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न बुधवार माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन ।

पुर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड रुपन्देहीमा आजै पाँच वटा कार्यक्रममा सहभागी हुनेछन् । पार्टीका जिल्ला संयोजक नारायण जिसी निर्मलका अनुसार रुपन्देहीको ओमसतिया, बुटवल र सैनामैनाका कार्यक्रममा प्रचण्ड सहभागी हुनेछन् । आज बिहान १०ः३० मा भैरहवा विमानस्थल आइपुग्ने प्रचण्ड १२ बजेसम्म ओमसतियामा रहनेछन् । त्यहाँ उनले जमुहानी तालमा बन्ने पार्क सिलान्यास गर्नेछन् । प्रचण्डले १२ बजेदेखि १२ः३० बजेसम्म बुटवल उपमहानगर कार्यालय र पहिरोको जोखिमयुक्त ज्योतिनगरको अनुगमन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।
दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा प्रचण्डले मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताले मोर्चाको कार्यक्रममा सहभागिता रहने बताइएको छ । ।
बुटवलको कार्यक्रमपछि दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा सञ्चालित फुटवल प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुने छन । ।