२०८२ जेष्ठ २३

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर
  • लुम्बिनी खोज
  • २०८१ चैत्र ९, शनिबार १६:०९ गते

बुटवल,९ चैत ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।नवगठित कार्यसमितिमा उपाध्यक्ष विष्णु भुसाल, महासचिव माधव नेपाल, कोषाध्यक्ष गौतम भुसाल, सचिवहरू आशिष गुप्ता, विनोद पौडेल र दीपक घिमिरे चयन भएका छन ।
त्यस्तै, सदस्यहरूमा जगदीश भट्टराई, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, उषाकिरण पन्थ रहेका छन्। मनोनीत सदस्यहरूमा राधा वस्नेत र सिद्धार्थ पाण्डे चयन भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।