२०८२ बैशाख ५

पाणिनी तपोभूमि सम्मेलन प्राचीन ज्ञान,संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने अवसरः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २७, बुधबार ०९:४३ गते

नया पत्रिका
अर्घाखाँची २७ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास प्रतिको तिब्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पाणिनि सम्मेलनले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याएको बताए । तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य रहेको भन्दै उनले सम्मेलनलाई केवल औपचारिक सभा नभई, प्राचीन ज्ञान, संस्कृति र इतिहासलाई नयाँ पुस्तासँग जोड्ने अवसरका रूपमा उल्लेख गरे ।
‘पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तर्राष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ,’ मुख्यमन्त्री आचार्यले भने,‘यी प्रयासहरूले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।’