२०८२ जेष्ठ २२
अर्घाखाँची २८ चैत ।
चट्याङ लागेर अर्घाखाचीको भूमिकास्थान नगरपालिकामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका सुचना अधिकारी प्रहरी निरिक्षक जगन्नाथ मरासिनीका अनुसार भुमिकास्थान १० लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ ।
घरको दलानमा बसिरहेका अवस्थामा बिहिवार बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याएको थियो । उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको भित्तामा क्षति पुगेको भएपनि घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।