२०८१ चैत्र ३१

प्रधानमन्त्री ओली बुटवलमा
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २९, शुक्रबार ०८:२६ गते

बुटवल २९ चैत ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवलमा आइपुगेका छन् । पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न उनी आज बुटवल आएका हुन् ।
देशभरका विभिन्न स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवल मण्डपमा शुरु भएको छ ।
सभालाई प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललगायतका नेताहरु ले सम्वोधन गर्ने एमालेले जनाएको छ ।
सभापूर्व यहा मोटरसाइकल र गाडीसहितको र्याली निकालिएको थियो । अहिले जनजागरण सभा शुरु भएको छ ।