२०८२ बैशाख २

प्रचण्ड बैशाख ३ गते रुपन्देही आउने ,विभिन्न कार्यक्रमलाई संम्बोधन गर्ने
  • लुम्बिनी खोज
  • २०८१ चैत्र ३१, आईतवार १८:१२ गते

बुटवल, ।
नेकपा माओवादी केन्द्रले संचालन गरेको हुलाकी राजमार्ग केन्द्रित तराई ‒मधेस जागरण अभियानको क्रममा पार्टीका अध्यक्ष प्रचण्ड बैशाख ३ गते रुपन्देही आउने भएका छन ।
आगामी बैशाख ३ र ४ गते प्रचण्ड पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागि हुने माओबादी जिल्ला कमिटी रुपन्देहीले बताएको छ । बेैशाख ३ गते दिउसो पश्चिम नबलपरासीको जिल्ला पार्टीद्धारा आयोजित कार्यक्रम संम्बोधन गरेर साझ रुपन्देही बास बस्न आउने प्रचण्डलाई रुपन्देहीका नेता तथा कार्यकर्ताले धकधईमा स्वागत गर्ने छन । अध्यक्ष प्रचण्ड नेता कार्यकर्ताकै घरमा बस्ने छन । कार्यकर्ता सहिद परिबार संगै खाना खाने छन ।
बैशाख ४ गते बिहान नेता कार्यकर्ता संगै भैरहबाबाट मनिङवाक शुरु गर्ने छन । सोही क्रममा प्रचण्डले भैरहबाको गौतमबुद्ध बिमानस्थलको अबलोकन समेत गर्ने छन । मनिङवाक पश्चात भैरहवाको बुद्धचोकमा नेता , कार्यकर्ता र स्थानीय जनतासंगै चियापान गर्ने छन ।
बिहान ९बजे देखि भैरहवामा रहेको होटल पौवामा बिद्यार्थी र युवाहरुसंग अन्तरक्रिया गर्ने छन । सो कार्यक्रम पश्चात भैरहबामानै उद्योगी‒ब्यापारी र बुद्धिजिबीहरुसंगको छुट्टा–छुट्टै अन्तरक्रिया कार्यक्रमा सहभागि हुनेछ । सोही क्रममा अध्यक्ष प्रचण्डले सहिद परिबारसंग पनि भैरहबामानै भेटघाट गर्ने छन ।
सोही दिन दिउसो मर्चवारी गाउ‘पालिकाको मझगॉउमा पार्टीले आयोजना गरेको सभामा संम्बोधन गर्ने छन ।
रुपन्देहीका यि कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड साझ लुम्बिनीको अबलोकन गर्ने र साझ कपिलबस्तु जाने कार्यक्रम रहेको माओबादी केन्दका रुपन्देही संयोजक नारायण जिसी निर्मलले बताए ।
प्रचण्ड सहभागि कार्यक्रममा नारायण काजि श्रेष्ठ , पम्फा भुसाल , अग्नी सापकोटा ,नन्दकिशोर पुन , कृष्णबहादुर महरा ,देब गुरुङ लगायतको सहभागिता रहने छ ।

आगामी बैशाख ३ र ४ गतेको अध्यक्ष प्रचण्ड आउने कार्यक्रममा भब्य बनाउन नेकपा माओबादी केन्द्र रुपन्देही ब्यापक तैयारीमा जुटेको छ । जसकोलागि आइतबार माओवादी केन्द्र जिल्ला कार्यसमिति रुपन्देहीको बैठक भैरहबामा बसी जिम्मेबारी समेत बाडफाड गरेको छ ।

बैठकमा पाटीका स्थाई कमिटी सदस्य हक्कि कुल्लाह खॉ केन्द्रीय सदस्यहरु , प्रदेश स्तरिय नेताहरु साथै सो पार्टीका जबस मोर्चाका नेताहरुको समेत सहभागिता रहेको संयोजक नारायण जिसी निर्मलले जानकारी दिए । रुपन्देहीका सबैपालिकलाई जिम्मेबार बनाउदै अभियानलाई सफल बनाउन ठोस कार्ययोजना बनाउन ब्यापक जनसहभागिता बढाउन र कार्यक्रमलाई सफल बनाउने उदेश्यले पालिकासंग समन्यय गरी कार्ययोजना समेत बनाएको संयोजक जिसीले बताए ।