२०८२ बैशाख ३

देशकै ठूला सामुदायिक विद्यालयहरुमा भर्ना कार्यक्रम स्थगित
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २, मंगलवार १२:३९ गते

लुम्बिनीका मुख्यमन्त्रीद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल

बुटवल २ बैशाख ।
मुलुककै ठूला सामुदायीका विद्यालयहरुले नया शैक्षिक सत्रका लागि भर्ना कार्यक्रम स्थगित गरेका छन् । शिक्षकहरु आन्दोलनमा केन्द्रीत भएपछि मुलुककै ठूला सामुदायीक विद्यालयहरुले भर्ना सहितका कार्यक्रम स्थगित गरेका हुन् । बुटवल स्थीत कालिका मानवज्ञान मावि, बुटवलकै नविन औद्योगिक कदरवहादुर रिता मावि, कान्ति मावि, रुपन्देहीको मणिग्राम स्थीत शान्ति नमुना माविले सुचना जारी गर्दै भर्नाका कार्यक्रम स्थगित गरेका छन् ।
यी विद्यालयहरु मुलुकमा धेरै विद्यार्थी रहेका मध्येका विद्यालयमा पर्दछन् । यी विद्यालयहरुमध्ये कालिकामा झण्डै ८ हजार, शान्तिमा झण्डै ६ हजार ५ सय र कान्तिमा झण्डै ६ हजार तथा नवीनमा झण्डै ५ हजार विद्यार्थीले अध्यान गर्दै आएका छन् । ठूला विद्यालयमा मात्रै नभएर नया शैक्षिक सत्र शुभारम्भ गर्ने कार्यक्रममा अन्य सामुदायीक विद्यालयहरुमा पनि अन्योलमा परेको छ ।
शिक्षकहरु आन्दोलनमा होमिएर भर्नासहितका कार्यक्रम प्रभावित भएकै बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीको सचिवालयका अनु्सार उनले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।
मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुनेगरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताएका छन् ।